
धादिङबेसी असोज १० । केहि दिन याता नियमित जस्तो पृथ्वी राजमार्ग नौविसे खण्डमा सवारी जाम हुँदै आएको छ ।
यहि जामका कारण धादिङको थाक्रे ६ महादेबबेशी स्थीत पृथ्वी राजमार्गमा रौतहटबाट उपचारका लागि काठमाडौ आउदैं गरेका दुबै मृगौला फेल भएका ३५ वार्षिय रूपलाल शाह मृत्यू भएको छ ।
जनकपुरबाट काठमाडौ तर्फ आइरहेको ना ०७ ख ५३६४ नम्बरको बसमा यात्रा गरिरहेका रौतहट जिल्ला गौर नगरपालिका ७ शाहको थाक्रे गाउँपालिका २ हुलाकडाडा भन्ने ठाउँमा शुक्रबार बिहान अन्दाजी ४ बजे मृत्यु भएको हो ।

