नगरप्रमुखको ध्यान जान नसकेको अरुणखोला र थोपल

Avatar photo
Dhadingpost
अशोज १०, २०७६

धादिङ असोज १० । धादिङबेसी सदरमुकामलाई सुन्दरता प्रदान गरेको थोपल खोला, अरुण खोला र आँसीखोला सम्रक्षणको लागि नीलकण्ठ नगरपालिका नगर प्रमुख भिमप्रसाद ढुङ्गाना चुकेका छन् ।

स्मार्ट सिटीको अवधारण बनाएर नीलकण्ठ नगरपालिकाको विकासलाई अगाडी बढाईएको बताउँदै आएका नगर प्रमुखले सदरमुकामको सुन्दरता बोको यी तीन खोला सम्रक्षणका लागि खास योजना ल्याउन भने प्रष्ट रुपमा चुकेका छन् ।

धादिङबेसी पुछारबजार प्रहरीबीट सँगै खोला अतिक्रमण गरि नगरपालिकाले सार्वजनिक शौचालय बनाएको देखिन्छ भने अरुण खोला र आँसीखोला अतिक्रमण गरि नीजीघरहरु धमाधम बनि रहेका छन् ।

यी ३ वटै खोलाका किनारमा बनेका घरहरुको ढल र सेफ्टी ट्याङ्कीको निकास सिधै खोलामा मिसाईएको दृष्यबारे नगरपालिकाले अनुगमन तथा समाधानको कुनै पहल नगरेको स्थानीहरु समाजसेवीहरु बताउँछन् ।

यसैगरी यी तीन खोला साँघुरिदै र दुघन्धित बन्दै जाने हो, भने स्मार्ट सिटीको परिकल्पनाले सार्थकता पाउने देखिँदैन । तत्काल अतिक्रमण र ढल नीकासको व्यवस्थापनमा नगरपालिका विशेष योजना बनाई सदरमुकामको सुन्दरता बचाउन स्थानीहरुले माग गरेका छन् ।