धादिङबेसीमा टर्की, कालो कुखुरा, बट्टाईको चल्ला उद्पादन सुरु

Avatar photo
Dhadingpost
अशोज ८, २०७६

राजाराम रिजाल
धादिङ असोज ८ ।
धादिङबेसी स्थित नव दुर्गा पोल्टी फर्मले धादिङबेसी मै कालिज, टर्की, कालो कुखुरा, लोकल कुखुरा, बट्टाई लगायतका पंछीहरुको चल्ला उत्पादन गरि विक्र वितरण सुरुगरेको छ ।

व्यवसायीक रुपमा लोकल कुखुरा, कालोकुखुरा, कालिज लगायतका पंछीहरु पालन गर्ने व्यवसायीहरु वढे सँगै चल्ला उत्पादनको लागि नवदुर्गा पोल्टी फर्म संचालनमा ल्याईएको संचालन युवराज थापाक्षेत्रि बताए ।

हामी अर्डर भएअनुसार निश्चित समय भित्र चल्ला उत्पादन गर्दछौ । अन्यत्रबाट ल्याईएको चल्ला भन्दा गुणस्तर र सहुलियत दरमा दिँदै आएको समेत संचालन थापाक्षेत्रिले बताए ।