
नुवाकोट असोज ८ । नुवाकोटको किस्पाङ गाउँपालिकाका खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
किम्पाङ स्थित कग्यू मोन्लम अहिंसावादी युवा क्लवले भाल्चेमा बडा दशैं एवम् तिहारको अवसर पारि असोज १३ गते देखि खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रथम पुरस्कार ५० हजार ५०० राशीको उक्त फुटबलको समापन बृहत साँस्कृतिक कार्यक्रमका साथ गरिने विकल लामाले आयोजकलाई उदृढ गर्दै धादिङपोष्टलाई बताए ।
असोज १२ गते सम्म टिम दर्ता गर्न सकिने उक्त प्रतियोगितामा द्वितिय हुने टिमले ३० हजार पाउने छ ।
