धादिङबेसी बजारमा अखाद्य वस्तु र डेट गएका सामाग्री भेटियो

Avatar photo
Dhadingpost
अशोज ८, २०७६

धादिङ असोज ८ । धादिङबेसीमा बजार अनुगमन गर्दै अखाद्य वस्तु र डेट सकिएका समाग्री जफत गरि नष्ट गरिएको छ ।

जिल्ला अनुगमन समितिले मंगलबार धादिङबेसी बजार क्षेत्रका होटल, किराना पसल, मिठाई पसल गरी १० वटा पसलहरुमा अनुगमन गरि अखाद्य वस्तु र डेट सकिएका सामाग्री जफत गरि नष्ट गरेको हो ।

अनुगमनको क्रममा पसलको लागि इजाजत नलिएको, म्याद नाघेका अखाद्म वस्तुहरु, म्याद गुज्रिएको सुजिको पिठो, जुस, जिरा मसला, चकलेट, विभिन्न प्रकारका पेय पदार्थ, कलर प्रयोग गरी बनाईएको जेरी मिठाईका परिकार लगायतका सामाग्रीहरु भेटिएको थियो ।