अखिल क्रान्तिकारीका अटल शर्मा रिहा

Avatar photo
Dhadingpost
अशोज ६, २०७६

धादिङ असाेज ६ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् धादिङका पुर्व अध्यक्ष अटल शर्मा जिल्ला अदालत धादिङको आदेशमा रिहा भएका छन् ।

विद्यार्थी नेता शर्मालाई जिल्ला अदालतले गत असारमा धराैटीमा रिहा गर्न आदेश गरेपनि पुनः पक्राउ पर्न सक्नेे आसङ्कामा धराैटी बुझाएका थिएनन् ।

उनी आईतबार रु.१ लाख धराैटी बुझाएर १५६ दिन पछि रिहा भएका हुन् ।

रिहा भए लग्गतै धादिङपाेष्ट सँग कुरा गर्दै शर्माले भने म विद्यार्थी हुँ, जनवादी शिक्षा र व्यवहारिक शिक्षाकाे लागि आन्दालनकाे नेतृत्वदायी संगठन अखिल क्रान्तिकारी नै भएकाे बताए ।

जेल जीवनले विचलित नबनाएकाे बताउँदै अान्दोलनका लागि झनै उर्जा थपिएकाे बताए ।