कमल सापकोटा साउथ एसियन यूथ टुरिजम अवार्डबाट सम्मानित

Avatar photo
Dhadingpost
अशोज ५, २०७६

धादिङ असोज ५ । धादिङ ज्यामरुङ घर भै काडमाडौमा रहेर पर्यटन व्यवसय गर्दै आएका कमल सापकोटा ‘साउथ एसियन यूथ टुरिजम अवार्ड र २०१९’ बाट सम्मानित भएका छन् ।

ग्लोबल यूथ पार्लिमेन्ट र ग्लोबल ल थिङ्कर सोसाइटीले बंगलादेशको ढाकामा आयोजना गरेको सेकेण्ड साउथ एसियन यूथ कन्फरेन्सको अवसरमा सापकोटालाई सो अवार्डबाट सम्मान गरिएको हो ।

माउन्टेन डिलाइट्स ट्रेकिङ, काठमाडौं गार्डेन होम, दिदिज टेडर्स नामक ह्याण्डिक्राफ्ट, माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभल, लगायतका कम्पनी सञ्चालन सापकोटा सफल पर्यटन व्यवसायी मध्य पर्दछन् ।

सापकोटाले सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११ तथा एसियाभरीको अन्तर्राष्ट्रिय सस्टेनेबल टुरिजम इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३ अवार्ड, टुरिजम म्यान अफ दि इयर अवार्डजस्ता दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कारहरु प्राप्त गरि सकेका छन् ।