
धादिङ असोज ५ । स्वास्थ्य कार्यालय धादिङ सुरु गरेको परिवार नियोजन (मिनिल्याप र भ्यासेक्टोमी) बन्ध्याकरण घुम्ति शिविर अन्तरगत सल्यानटारमा १८ जनाले भ्यासेक्टोमी गरेका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टार अस्पतालमा आयोजना गरिएको एक दिने परिवार नियोजन (मिनिल्याप र भ्यासेक्टोमी) शिविरमा १८ जना पुरुषहरुले भ्यासेक्टोमी गरेका हुन् ।
भ्यासेक्टोमी भनेको के हो ?
भ्यासेक्टोमी पुरुषहरुका लागिगरिने स्थायी बन्ध्याकरणको नाम हो । यो बन्ध्याकरणमा पुरुषकोअण्डकोष थैलीमा सानो घाउ पारी अण्डकोषबाट लिंगसम्म गएको शुक्रबाहिनी नलीलाई काटेर बाँधिने हुँदा पुरुषको बिर्यमा शुक्रकिट हुँदैन । म्यासेक्टोमी गरेका पुरुषबाट सन्तान उत्पादन हुने क्रिया स्थायी रुपमा नै बन्द हुन्छ । तर भ्यासेक्टोमी गर्ने पुरुषको यौन क्रियामा भने कुनै असर पर्दैन । यो धेरै साधारण, सजिलो र थोरै समय लाग्ने शल्यक्रिया (अप्रेसन) हो । । केहीबेरको आराम पछि भ्यासेक्टोमी गरेको व्यक्ति हिँडेरै पनि घर जान सक्छ ।

