सहयात्री समाजको अधिवेशन सम्पन्न

Avatar photo
Dhadingpost
अशोज ४, २०७६

धादिङ असोज ४ । सहयात्री समाज नेपाल धादिङको ११ औं साधारणसभा तथा ५ औं अधिवेशन नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।

स्रोत सत्ता र शक्तिमा समान अधिकार, विभेद मुक्त समाज हाम्रो सरोका भन्ने मुल नाराका साथ महिलाहरुको क्षेत्रमा काम गर्दै आई रहेको सहयात्री समाज नेपाल धादिङको अधिवेशन खिलकुमारि तिवारीको नेतृत्वमा ९ सदस्यी जिल्ला कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा बिष्णुमाया चेपाङ सचिवमा गिता खनाल, सह सचिवमा संगिता कँडेल, कोषाध्यक्ष अम्बिका घिमिरे श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यमा एक जना पछि मनोनित गर्ने गरि अप्सरा पण्डित, सुनिता शाह, मन्जु श्रेष्ठ चयन भएका छन् ।