दुबई, असोज ४ । विश्वको सवैभन्दा अग्लो टावर बुर्ज खालिफामा संविधान दिवसको अवसरमा गत शुक्रबार नेपाली झन्डा झलमलाईएको छ ।

संविधान दिवस तथा राष्टिय दिवस २०७६ को अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफाबाट स्थानीय समय ९ बजेर १० मिनेट तदअनुसार नेपाली समय १० बजेर ५५ मिनेटमा नेपाली झण्डा लाइटिङ सिस्टमको माध्यमबाट नेपाली झण्डा झलमलाईएको थियो ।
बुर्ज खालिफामा विभिन्न देशका राष्ट्रिय दिवसको समयमा सम्बन्धित देशको झण्डा झलमलाउने गरेपनि नेपालको झण्डा झलमलाईएको यो पहिलो पटक हो । उक्त अवसरलाई आफ्नै आँखाको अगाडी देख्नको लागी हजारौ नेपालीहरुका बुर्ज खालिफको प्राङगणमा पुगेका थिए ।
नेपाली राजदुतावास अवुधावीको आफ्नो अनुरोधलाई स्वीकार गर्दै यस अभुतपुर्व कार्यमा सहयोग गर्ने युएई सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।

त्यसैगरी युएईको राजधानी अवुधावी स्थित अबुधावी नेशनल ओइल कम्पनी एडनोक) को ७५ तले केन्द्रिय कार्यालयमा समेत शुक्रबार बेलुका ७ बजेदेखि विहान १ बजेसम्म करीब २ सय मिटर लामो नेपाली झण्डा झलमलाइएको थियो ।

