दोलखा विरुद्ध धादिङको ४ गोल

Avatar photo
Dhadingpost
अशोज ४, २०७६

धादिङ असोज ४ । काभ्रेको धुलिखेल खेल मैदानमा जारी ३ नम्बर प्रदेश स्तरीय अन्तर जिल्ला Kwiks Cup छात्रा फुटबल प्रतियोेगिताको दोस्रो दिनको खेलमा दोलखा बिरुद्ध धादिङले ४ गोल गरेको छ ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको ३ नम्बर अन्तर जिल्ला स्तरीय यस Kwiks Cup छात्रा फुटबल प्रतियोेगिताको शनिबारको खेलमा धादिङले ४ गोल गर्दा दोलखाले १ गोल मात्र गरेको थियो ।

धादिङ जिल्लाबाट प्रथम हुँदै प्रदेशका लागि छनौट भएको गजुरी स्थित आदर्श माविका छात्राहरु धादिङ जिल्लाको प्रतिनीधित्व गर्दै प्रदेश स्तरीय प्रतियोगितामा भाग लिई रहेको खेल प्रशिक्षक दिपक रानाले धादिङपोष्टलाई बताए ।

दोलखा विरुद्धको खेलमा धादिङका लागि रविना दुराले २ गोल, रन्जिता दुराले १ गोल, रितु घलेले १ गोल गरेका थिए ।

लिग चरणमा खेलाईएको यस प्रतियोगिताको पहिलो दिन (शुक्रबार) को खेलमा धादिङले चितवनलाई १३ गोेल हानेको थियो भने चितवन गोल रहित बनेको थियो ।

एउटै खेलमा धादिङको १३ गाेल