एउटै खेलमा धादिङको १३ गाेल

Avatar photo
Dhadingpost
अशोज ४, २०७६

धादिङ असाेज ४ । अखिल नेपाल फुटबल संघले आयोजना ३ नम्बर अन्तर जिल्ला स्तरीय  Kwiks Cup छात्रा  फुटबल प्रतियोगितामा धादिङले चितवनकाे विरुद्ध १३ गाेल गरेकाे छ ।

काभ्रेको धुलिखेल खेल मैदानमा शुक्रबारदेखि सुरुभएकाे पहिलाे खेल मै धादिङ जिल्लाबाट प्रथम हुँदै प्रदेशका लागि छनाैट भएकाे गजुरी स्थित आदर्श माविका छात्राहरुले चितवनबाट छनाैट भएर आएकाे सारदा माविलाई १३ गाेल हानेकाे हाे ।

खेल सुरुभएकाे २ मिनेट मै गाेलकाे सुरुवात गरेकाे धादिङले पहिलाे हाप अघि नै ५ गाेल गरेकाे थियाे भने दाेश्राे हापमा ८ गाेल गरेकाे धादिङ विरुद्ध चितवनका खेलाडीले १ गाेल पनि गर्न सकेनन् ।

धादिङका लागि रितु तामाङले एकल ४ गाेल गरेकी थिईन् ।