गुणस्तरीय शिक्षा एड्भान्सकाे संकल्प -बुढाथोकी

Avatar photo
Dhadingpost
अशोज २, २०७६

धादिङ असाेज २ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीकाे संकल्प नै गुणस्तरीय शिक्षा दिने भएकाे प्रिन्सिपल गाेविन्द बुढाथोकीले बताएका छन् ।

कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन संकायका कक्षाहरु संचालन गरेकाे एड्भान्सका विद्यार्थीलाई कसरी राेजगार उन्मुख शिक्षा दिने भन्ने अभिप्रायले शिक्षण विधि अपनाईएकाे समेत प्रिन्सिपल बुढाथोकीले दावी गरे ।

कक्षा ११ मा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ मा सफल विद्यार्थीहरुलाई बधाइ कार्यक्रममा वाेल्दै प्याब्सन धादिङका अध्यक्ष समेत रहेका बुढाथोकीले एड्भान्सबाट ५०% भन्दा बढी अंक ल्याई कक्षा १२ उतृर्ण गर्ने विद्यार्थीलाई निशुल्क छात्रवृत्तिमा चाईना पढ्न पठाउने छलफल प्रकृया अगाडि बढेकाे समेत बताएका थिए ।

विद्यालय सञ्चालक समिति अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।