विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य हुनुपर्छ– खतिवडा

Avatar photo
Dhadingpost
अशोज २, २०७६

धादिङ असोज २ । प्रविधि मैत्रि र व्यवहारिक शिक्षाको लागि हरेक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य रहेको युवा समाज सेवी युवराज खतिवडाले बताएका छन् ।

राष्ट्रिय विज्ञान दिवस तथा धादिङ खाल्टे डाँडागाउँ स्थित महेन्द्रोदय कालिका माध्यामिक विद्यालयको ५९ औं वार्षिक उत्सवको अवसरमा बुधबार युवा समाज सेवी युवराज खतिवडाले कम्प्युटर शिक्षा अनिवार्य हुनुपर्ने बताएका हुन् ।

कार्यक्रमका विशेष अथिति समेत रहेका खतिवडाले महेन्द्रोदय कालिका माध्यामिक विद्यालयमा कम्प्युटर भएको तर शिक्षक राख्न नसकेको जानकारी प्राप्त भएकोले १ जना कम्प्यटर शिक्षक राख्न आग्रह गर्दै ती शिक्षकलाई १ वर्ष तलव आफु दिने समेत घोषणा गरेका थिए ।

पढाईको गुणस्तरलाई बढाउन सल्लाह दिएका खतिवडाले प्रत्येक वर्षको एसईई परिक्षामा उत्कृष्ठ जीपीए ल्याउने एक जना विद्यार्थीलाई सम्मान स्वरुप १० हजार प्रदान गर्ने प्रतिवद्धता समेत गरेका थिए ।
c
झम झमझरिमा रुझ्दै कार्यक्रम स्थल पुगेका खतिवडाले आफ्नो कमाईको केहि प्रतिशद समाज सेवामा लगाउने गरेको बताउदैं शैक्षिक सुधार र विकास निमार्णका लागि आफुले सहयोग गर्ने गरेको बताएका थिए ।