
धादिङ असोज १ । अखिल नेपाल फुटबल संघको आयोजनामा चितवनमा जारी ३ नम्बर प्रदेश स्तरीय अन्तर माध्यामिक विद्यालय स्तरीय Kwiks Cup फुटबल प्रतियोगितामा अन्तरगत आजको खेल धादिङ र चितवन बीच हुने भएको छ ।
मंगलबार दिनभर पनि परे सँगै स्थगित भएको खेल बुधबार (आज) सारिएको धादिङका खेल प्रशिक्षक दिपक गिरीले बताए ।
पहिलो खेलमा नुवाकोट सहभागि नभएपछि वाक ओभर पाएको धादिङले सोमबार भएको दोस्रो खेलमा गुन्जानगर माध्यामिक विद्यालय चितवनलाई २ गोलले हराएको थियो ।

आज हुने खेलमा चितवन कै सनराईज बोर्डिङलाई हराएमा धादिङ सिधै फाईनलमा पुग्ने खेल प्रशिक्षक गिरीले बताए । भोलि नै हुने अर्को खेलमा मकवानपुर र चितवनको सोमबार धादिङले हराएको टिम गुन्जानगर माध्यामिक विद्यालय बीच हुने छ ।
धादिङका विभिन्न १९ विद्यालयले भाग लिएको प्रतियोगितामा जिल्ला प्रथम हुँदै प्रदेशका लागि छनौट भएको बेनिघाट रोराङ गाउँपालिका स्थित शंखादेवि मावि मझिमटारले धादिङको प्रतिनिधित्व गर्दै प्रदेशमा खेलि रहेको छ ।
सोमबार भएको खेलमा चितवन खेल मैदान मानै पुगेर गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले धादिङका खेलाडीहरुको मनोबल बढाएका थिए ।

