
धादिङ भाद्र ३१ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा धादिङका जिल्ला सेक्रेटरी बुद्ध गुरुङ पक्राउ परेका छन् ।
धादिङ धुनिबेशी न.पा. वडा नं. ९ पिपलामोड स्थित पृथ्वी राजमार्गमा प्रदेश ३-०२,००७ प ०९२७ नं. को मो.सा चढी धादिङबाट काठमाण्डौ तर्फ जादै गर्दा पक्राउ परेका जिल्ला सेक्रेटरी गुरुङलाई आजै जिल्ला प्रहरी कार्यालय ल्याई सार्वजनिक गरिएको छ । बिष्फोटक पदार्थ र संगठित अपराधको कसुरमा मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको बुद्ध गुरुङमाथि लागेको आरोप यस्ता छन्:
बिष्फोटक पदार्थ/संगठित अपराध: मिति २०७६।०३।१० गते अं. ०१ः३० बजेको समयमा जिल्ला धादिंङ सिद्धलेक गा.पा. वडा नं. ६ मुक्तीनाथको मन्दिर नजिक कालुपाण्डे राजमार्गमा तरकारी राख्ने प्लाष्टिकको क्रेटमा बम राखेको ।
बिष्फोटक पदार्थर संगठित अपराध: मिति २०७६।०४।१५ गते अं. २३:३० बजेको समयमा जिल्ला धादिङ सिद्धलेक गा.पा. वडा नं. ६ लेखा डाडा स्थित रहेको NCLL को टावर नियन्त्रणमा लिई बिष्फोटक पदार्थ बम बिष्फोट गराई उक्त टावरमा रहेको जेनेरेटर पावर हाउस, बिभिन्न केवल तार POWER POINT,ACOB, FIBER CABLE लगायतको उपकरण र तारमा आगजनी गरी क्षति पुर्याबएको ।
संगठित अपराध: मिति २०७६।०४।१६ गते बिहान अं. ०२:२० बजेको समयमा जिल्ला धादिङ थाक्रे गा.पा. वडा नं. ३ चौफाट स्थित सुनम कान्छा तामाङको जग्गामा राखिएको NCLL को टावर जलाई NCLL टावरको BTS BOX र सोलार प्यानलमा आगजनी गरी क्षति पुर्याएको ।
संगठित अपराध: मिति २०७५।११।२५ गते अं. ११:१५ बजेको समयमा जिल्ला धादिङ सिद्धलेक गा.पा.वडा नं. १ बैरेनी स्थित कालु पाण्डे राजमार्गमा प्रेशर कुकर बम राखी राजमार्ग सडक अबरोध गरी स्थानिय मानिसहरुलाई आतङकित बनाएको साथै सडकको बाया किनारमा सडक नालीमा कुकरलाइ निलो रङको तारले बाधी कालो टेपले बेरी शकास्पद रुपमा बम राखेको ।
संगठित अपराध: मिति २०७५।११।११ गते अं। ००:३० बजेको समयमा जिल्ला धादिङ थाक्रे गा.पा. वडा नं. ११ मान्खुमा रहेको NCELL को टावर नियन्त्रणमा लिई आगजनी गरी उक्त टावरको BTS, POWER POINT, ACOB , FIBER CABLE लगायतको उपकरण र तारहरु जलाइ क्षति पुर्या्एकोमा उक्त घटनाहरु घटाई हाल सम्म फरार रहेकोमा सम्मानित धादिङ जिल्ला अदालत बाट पक्राउ अनुमती पश्चात निजलाई खोजतलास गर्दै जाने क्रममा आज मिति २०७६।०५।३१ गते बिहान अं. ०६:०० बजेको समयमा जिल्ला धादिङ धुनिबेशी न.पा. वडा नं. ९ पिपलामोड स्थित पृथ्वी राजमार्गमा प्रदेश ३-०२,००७ प ०९२७ नं. को मो.सा चढी धादिङबाट काठमाण्डौ तर्फ जादै गर्दा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भैरहेको ।
१. मुद्दा दर्ता मिति: २०७६।०४।०९ गते ।
मुद्दा शिर्षक: बिष्फोटक पदार्थर संगठित अपराध
मुद्दा दर्ता नं. १८
घटनाको छोटकरी बिवरण: मिति २०७६।०३।१० गते अं. ०१:३० बजेको समयमा जिल्ला धादिंङ सिद्धलेक गा.पा. वडा नं. ६ मुक्तीनाथको मन्दिर नजिक कालुपाण्डे राजमार्गमा बुद्ध गुरुङ घले का व्यक्तिहरुले तरकारी राख्ने प्लाष्टिकको क्रेटमा बम राखी स्थानिय मानिसहरुलाई अतङकित बनाउने तथा राजमार्गमा संचालन हुने सवारी चालकलाई समेत आतङकित बनाएको ।
२. मुद्दा दर्ता मिति: २०७६।०४।२४ गते
मुद्दा शिर्षक: अपराधिक उपवद्रर संगठित अपराध
मुद्दा दर्ता नं. ३९
घटनाको छोटकरी बिवरण: मिति २०७६।०४।१५ गते अं. २३स्३० बजेको समयमा जिल्ला धादिङ सिद्धलेक गा.पा. वडा नं. ६ लेखा डाडा स्थित रहेको NCLL को टावर नियन्त्रणमा लिई बिष्फोटक पदार्थ बम बिष्फोट गराई उक्त टावरमा रहेको जेनेरेटर पावर हाउस, बिभिन्न केवल तार BTS, POWER POINT,ACOB, FIBER CABLE लगायतको उपकरण र तारमा क्षति पुर्याएको
३. मुद्दा दर्ता मिति: २०७६।०४।१९ गते
मुद्दा शिर्षक: संगठित अपराध
मुद्दा दर्ता नं. २५
घटनाको छोटकरी बिवरण: मिति २०७६।०४।१६ गते शुरुको बिहान अं. ०२:२० बजेको समयमा जिल्ला धादिङ थाक्रे गा.पा. वडा. नं. ३ चौफाट स्थित सुनम कान्छा तामाङको जग्गामा राखिएको NCLL को टावर जलाई BTS, POWER POINT,ACOB, FIBER CABLE र सोलार प्यानलमा आगजनी गरी क्षति पुर्यागएको ।
४. मुद्दा दर्ता मिति: २०७५।१२।१२ गते
मुद्दा शिर्षक: संगठित अपराध
मुद्दा दर्ता नं. २७७
घटनाको छोटकरी बिवरण: मिति २०७५।११।२५ गते अं. ११:१५ बजेको समयमा जिल्ला धादिङ सिद्धलेक गा.पा. वडा नं. १ बैरेनी स्थित कालु पाण्डे राजमार्गमा प्रेशर कुकर बम राखी राजमार्ग सडक अबरोध गरी स्थानिय मानिसहरुलाई आतङकित बनाएको साथै सडकको बाया किनारमा सडक नालीमा कुकरलाइ निलो रङको तारले बाधी कालो टेपले बेरी शकास्पद रुपमा बम राखेको ।
५. मुद्दा दर्ता मिति: २०७५।१२।१२ गते
मुद्दा शिर्षक: संगठित अपराध
मुद्दा दर्ता नं. २७८
घटनाको छोटकरी बिवरण: मिति २०७५।११।११ गते अं. ००:३० बजेको समयमा जिल्ला धादिङ थाक्रे गा.पा. वडा नं.११ मान्खुमा रहेको NCLL को टावरमा अज्ञात समुहले नियन्त्रणमा लिई आगजनी गरी उक्त टावरको BTS, POWER POINT, ACOB , FIBER CABLE लगायतको उपकरण र तारहरु जलाइ क्षति पुर्यााएको ।

