
गोपाल फ्युवा तामाङ
धादिङ भाद्र ३० । उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नं १ झार्लाङको गिलिङचोमा परम्परागत रुपमा प्रचलित संस्कार र संस्कृतीको निरन्तरता दिदै आईतबार बोम्बो मेला सम्पन्न भएको छ ।
बोम्बो मेलामा स्थानीय ३२ बोम्बोहरुको सहभागिता रहेको तामाङ बोम्बो समूह झार्लाङका सचिव छ्योयोङ तामाङले बताए । मेलामा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, नेपाल झाँक्री संघका महासचिव गणेश श्रेष्ठ तथा प्रतिनिधि भीम पाख्रिन लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
बोम्बो तामाङहरुको मूख्य संस्कृति वाहक मध्यमा एक हो । तामाङहरुको जीवित रहँदाका सबै संस्कारहरु सम्पन्न गर्न बोम्बोको आवश्यकता पर्दछ ।
बोम्बोले देवदेवीलाई पुजाआरधना गर्ने तथा भुतप्रेतलाई मन्छाउने कार्य पनि गर्दछ । रोग विमारमा प्राकृतिक विधिबाट उपचार पनि गर्दछ । तन्त्र, मन्त्र र साधनामा विश्वास गर्ने बोम्बोहरु थप शक्ति आर्जनको लागि शक्ति केन्द्रहरुमा प्रार्थना गर्न अनुयायी र समर्थक सहित जाने गर्दछन् ।
स्थानीय बोम्बोहरु गोनेङ्यहमा सिङ्ल्ह जाने गर्दछन् । त्यहाँ पुग्न नसकेका वा नभ्याएकाहरु गिलिङचोमा पुग्ने गरिन्छ । भ्रमण वर्ष २०२० घोषणा नेपाल सरकारल घोषणा गरिसकेको सन्दर्भमा यस प्रकारको फरक संस्कृतिको प्रचार, प्रसार तथा प्रदर्शन गर्न गाउँपालिकाले प्रोत्साहन दिने योजना रहेको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताउनु भयो ।
ूमौलिक संस्कारलाई जोगाएर प्रवर्धन गर्नुको विकल्प छैनू कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष तामाङले बताए ।
नेपाल झाँक्रीसंघका महासचिव गणेश श्रेष्ठले झाँक्रिहरु एक हुनु पर्ने बताउँदै पर्यटन बोर्डको सहयोगमा हुन लागेको अन्तराष्टि«य बोम्बो सम्मेलनमा भाग लिएर एकता प्रदर्शन गर्न पनि आह्वान गरे ।




