नेकपा नेता लालबहादुर कार्की सहित ७२ जना काँग्रेस प्रवेस

Avatar photo
Dhadingpost
भदौ ३०, २०७६

धादिङ भाद्र ३० । पूर्व माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य एवम् ज्वालामुखि गाउँपालिका मैदीका नेता लालबहादुर कार्की सहित ७२ जना नेकपा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।

पूर्व माओवादी केन्द्रको तात्कालिन मैदी गाउँ विकास समितिका सेक्रेटरी समेत रहेका कार्की सहित स्थानीय नेताहरु नरेन्द्र प्रताप शाह, पुर्व एमालेका स्थानीय नेता पम्फा तिवारी, जित बहादुर तामाङ लगायत ७२ जना एकै पटक काँग्रेस प्रवेस गरेका हुन् ।

नेपाली काँग्रेसका पूर्व सभापति रामनाथ अधिकारी, जिल्ला सभापती रमेश धमला, निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना लगायतले नवप्रवेशीहरुलाई आईतबार एक विशेष कार्यक्रमका बीच स्वागत गरेका थिए ।