
धादिङ भाद्र ३० । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बेनि शिक्षा स्कुल प्रा. लि. का विद्यार्थीहरुलले डेंगु नियन्त्रण गर्न जनचेतना मुलक र्याली गर्दै राष्ट्रिय बाल दिवस मनाएका छन् ।
जिल्लामा डेंगुरोगको संक्रमण बढे सँगै बेनि शिक्षा स्कुल बेनिघाटका विद्यार्थीले लामखुट्टे नियन्त्रण बारे विभिन्न सन्देश लेखिएको प्ले कार्ड बोकेर आईतबार र्याली गरेका थिए ।
विद्यालयको बाल क्लवले आयोजना गरेको बालदिवस विशेष उक्त र्यालीमा विद्यालयका शिक्षक शिक्षिक, अभिावकहरुको समेत सहभागिता रहेको शिक्षक दिपेश केडेलले बताए ।


