चिल्ड्रपार्कमा अभ्ययनरत विवशा सिलवाल प्रथम

Avatar photo
Dhadingpost
भदौ २९, २०७६

धादिङ भाद्र २९ । धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा विवशा सिलवाल अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता प्रथम भएकी छिन् ।

“बाल अधिकार सबैको सरोकार” भन्ने शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा चिल्ड्रेन पार्कमा अध्ययनरत छात्रा सिलवाल प्रथम भएकी हुन् ।

प्रतियोगितामा चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयकी विवशा सिलवाल प्रथम, एड्भान्स ऐकेडेमीकी दिपा कोइराला द्धितीय, धादिङ बोर्डिङ आवासीय माध्यामिक विद्यालयका अनुप सुवेदी तृतीय र नीलकण्ठ माध्यामिक विद्यालयका सन्दिप घिमिरे सान्त्वना भएका छन् ।

पुरस्कृत विद्यार्थी प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमस नगद रु.४ हजार, ३ हजार, २ हजार र १५ सय सहित प्रमाण पत्र वितरण गरीएको थियो ।