धादिङ सेमजोङका साजन गुरुङलाई गोली हानी नियन्त्रण

Avatar photo
Dhadingpost
भदौ २७, २०७६

धादिङ भाद्र २७ । धादिङ सेमजोङका साजन गुरुङ्लाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । काठमाडौं स्थित गोलढुंगाबाट गोली हानी घाईते बनाएर नजोक भनेर चिनिने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पवन तामाङ हत्या आरोपमा ५ वर्ष जेल बसेर गत साउनमा मात्र निस्किएका गुरुङलाई निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीमा उजुरी परे पछि पक्राउ गर्ने क्रममा गोलि हानीएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतले बताए ।

ति प्रहरी अधिकृतले भने, नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानी समातिएको उनले बताए । गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ ।