
काठमाडौं भाद्र २७ । सरकारले असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ । विज्ञान दिवसलाई उपलब्धी मुलक बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलको अध्यक्षतामा ४३ सदस्य समिति गठन गरिएको छ ।
मन्त्रालयले रोबोटिक्स, एआई, आइओटी, थ्रिडि प्रिन्टिङ, अनलाइन भोटिङ मेसिनजस्ता नेपालमा नै विकास भएका प्रविधिहरु असोज १ गते प्रदर्शनीमा राखेर दिवस मनाउने गरेको छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षामा प्रविधिको प्रयोग र नविनतम प्रविधिहरुको प्रवद्धनममा जोड दिने जनाउँदै देशभरका विद्यालयहरुमा विज्ञान दिवस मनाउन आव्हान गरेको छ ।

