नादेझ्दा कपको उपबिजेतामा सिमित नेपाल

Avatar photo
Dhadingpost
भदौ २६, २०७६

धादिङ भाद्र २६ । किर्गिस्तानमा सम्पन्न भएको नादेझ्दा कपको फाइनलमा पराजित हुँदै नेपाली महिला राष्ट्रिय फुटबल टोली उपविजेता बनेको छ ।

उपाधि भिडन्तमा नेपाल उज्बेकिस्तानसँग ३-२ ले पराजित बने सँगै उपविजेतामै नेपाल सिमित हुन पुगेको हो ।

पहिलो हाफमा १(० को अग्रता लिएको उज्बेकिस्तानले ५४ औं मिनेटमा र ६४ औं मिनेटमा उत्कृष्ट पासको नमुना देखाउँदै ३(० को अग्रता लियो ।

नेपालका लागि सावित्रा भण्डारीले ६७ औं मिनेटमा र ८६ औं मिनेटमा गोल गरेकी थिईन् ।

नेपालले खेल हारे पनि नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेकी छिन् । नादेझ्दा कपको फाइनलमा उज्बेकिस्तानविरुद्ध २ गोल गर्दै सावित्राले अनुको ३५ गोलको कीर्तिमान बराबरी गरेकी हुन् ।