सल्यानटारमा यमाहा मेगा एक्सचेञ्ज मेला सकियो

Avatar photo
Dhadingpost
भदौ २६, २०७६

धादिङ भाद्र २७ । धादिङ सल्यान्टार स्थित रानीपौवामा भदौं २२ गतेदेखि सुरु भएको “यमाहा मेगा एक्सचेञ्ज मिनि मेला” सकिएको छ ।

मेलामा १२ वटा नयाँ बाईक विक्रि र ३८ ओटा यामाहाको नयाँ बाईकसँग एक्सचेञ्ज गरि ५० ओटा बाईक विक्रि सँगै मेला बिहिबार सकिएको हो ।

धादिङका आधिकारीक विक्रेता मण्डली वर्कसपका प्रवन्ध निर्देशक चन्द्र श्रेष्ठलेका अनुसार मेलामा ६ सय भन्दा धेरै दर्शकले अवलोकन गरेका थिए ।

मेलामा यामाहाले हालै मात्र लन्च गरेको एमटी १५ र आर १५ भिथ्री मोटोजीपी एडिसनमा, एफजेड भी ३ युवा ग्राहकहरुको रुचि बढि बढेको श्रेष्ठले बताए ।