
धादिङ भाद्र २५ । गणित शिक्षा परिषद धादिङले गणित शिक्षण सिकाईलाई प्रभावकारी बनाउन Geo Dynamic Software तालिम सन्चालन गर्ने भएकाे छ ।
तालिम यहि भाद्र २८ र २९ गते सन्चालन हुने गणित शिक्षण परिषदका सचिव उत्तम भट्टले जानकारीी दिए ।
गणितको सिकाईलाई प्रविधिको प्रयोग गर्ने अनुरुप Geo Dynamic Software तालिम शिक्षकहरुलाई दिन लागिएको हो ।
माध्यमिक तहका गणित शिक्षकहरुका लागि तालिम प्राप्त सहजकर्ताबाट तालिम दिन लागिएको छ ।
उक्त कार्यशालालाई सहयोग गर्न सम्पुर्ण माध्यमिक गणित शिक्षकहरुलाई गणित शिक्षण परिषदले आग्रह गरेको छ ।

