गैरीगाउँको २५० रोपनीमा लगाईएको गाँजा नष्ट

Avatar photo
Dhadingpost
भदौ २५, २०७६

धादिङ भाद्र २५ । जिल्लाका विभिन्न ठाउँमा गरिएको अवैध गाँजा खेती फडानी सँगै नस्ट गर्दै आएको प्रहरीले मंगलबार गैरीगाउँमा गाँजा फडानी गरि नष्ट गरेको छ ।

गजुरी गाउँपालिका ४ स्थित गैरीगाउँमा बिहानै पुगेको जिल्ला प्रहरी कार्यालय र गजुरी इलाका प्रहरी कार्यलयबाट खटिएको टोलिले २५० रोपनीमा लगाईएको अवैध गाँजा खेती नस्ट गरेको हो ।

प्रहरीले केहि दिन पहिले मैदी ज्वालमुखी काफलपानीमा अन्दाजी २ रोपनीमा लगाएको गाँजा फडानी गरेको थियो ।