प्रदेश स्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
भदौ २५, २०७६

अमृत तामाङ
धादिङ भाद्र २५ ।
अखिल नेपाल फुटबल संघले जिल्ला स्तरीय अन्तर विद्यालय Kwiks Cup फुटबल प्रतियोगिता सम्पन्न गरे सँगै प्रदेश स्तरीय प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

३ नम्बर प्रदेश स्तरीय Kwiks Cup प्रतियोगितामा छात्र तर्फको खेल काभ्रे र चितवनमा हुने र छात्राको खेल काभ्रेमा हुने जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाले बताए ।

जिल्ला जिल्लाबाट छनौट भएर आएका विद्यालयहरु बीच हुने यस प्रदेश स्तरीय प्रतियोगित दुई ठाउँमा हुने भएको छ । जसमा काभ्रेमा भाद्र २९ देखि ३१ सम्म सिन्धुली, दोलखा, काभ्रे, र सिन्धुपाल्चोक बीच हुने छ, भने चितवनमा भाद्र २९ देखि आश्विन ३ गते सम्म धादिङ, चितवन १, चितवन २, मकवानपुर, नुवाकोट बीच हुने छ ।

यस्तै छात्रा तर्फको खेल आश्विन ३ गते देखि ५ गते सम्म काभ्रेमा हुने भएको छ जसमा धादिङ, चितवन, दोलखा र काभ्रे बीच हुनेछ ।

यस्तो छ खेल तालिका