
धादिङ भाद्र २४ । धादिङमा आत्महत्याको अवस्था डरलाग्दो पाईएको छ । ०७५-७६ मात्र ९४ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुषको संख्या बढी छ ।
धादिङको ५ वर्षको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष ०७२-७३ मा ६३ जना, आर्थिक वर्ष ०७३-७४ मा ७५ जना, आर्थिक वर्ष ०७४-७५ मा ९२ जना र ०७५-७६ मा ९४ ले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङक अनुसार ५ वर्षमा आत्महत्या गरेका ३ सय २४ जनामध्ये पुरुष १ सय ८५ जना छन् भने महिला १ सय ३९ जना मात्र छन् ।

