
धादिङ भाद्र २४ । धादिङको थाँक्रे गाउँपालि ७ स्थित हाप्सेचौरमा १ केजी चरेस सहित रामबहादुर वाईवा पक्राउ परेका छन् ।
त्रिभुवन राज पथ अन्तरगत थाँक्रे स्थित हाप्सेचौर प्रहरी चौकी ईन्चार्ज बालराज गिरिको नेतृत्वमा गरिएको चेक जाँचको क्रममा वाईवा चरेस सहित मंगलबार पक्राउ परेका हुन् ।
बा ५ ख ७७१८ नम्बरको बसमा यात्रा गरि आई रहेका मकवानपुर थाहा नगरपालिका १२ घर भएका वाईवालाई थप अनुसन्धनको लागि इलाका प्रहरी कार्यालयलाई उधृत गर्दै हाम्रा संवाददाता विकास भण्डारीले जानकारी दिए ।

