
धादिङ भाद्र २४ । धादिङको ज्वालामुखि गाउँपालिका स्थित मैदीका नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका खेलाडी सरन सामरी क्षेत्रीले उत्कृष्ट खेलाडीको उपाधि जित्न समेत सफल बनेका छन् ।
काठमाडौमा सम्पन्न भएको प्रधानसेनापति ट्रफी-२०७६ को उपाधी नेपाली सेनाको श्री १६ बाहिनी अड्डालाई जिताएका क्षेत्री उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका हुन् ।
नेपाली भलिबलमा निकै सम्भावना बोकेका क्षेत्री नेपाली सेनामा कार्यरत छन् २२ वर्षिय उनी नेपाली राष्ट्रिय पुरुष भलिबल टिममा पर्नुले पनि उनको भविस्य भलिबल सँग जोडिएको आभाष गर्न सकिन्छ ।
