तेक्वान्दो खेल्न अमृत तामाङ रसिया जाने

Avatar photo
Dhadingpost
भदौ २४, २०७६

धादिङ भाद्र २४ । धादिङको खेल प्रेमीहरु बीच परिचित नाम हो, अमृत तामाङ (उर्गेन) उनै अमृत 1st Tafisa World Martial Arts festival मा भाग लिन रसिया जाने भएका छन् ।

जिल्ला खेलकुद विकास समिति धादिङका पूर्व कोषध्यक्ष एवम् राष्ट्रिय तेक्वान्दो संघ धादिङको अध्यक्ष अमृत तामाङ भाद्र २७ देखि ३१ सम्म रसियामा हुने 1st Tafisa World Martial Arts festival को लागि रसिया जाने भएका हुन् ।

धादिङपोष्ट डटकमका खेलकुद पत्रकार समेत रहेका तामाङ तेक्वान्दो खेलको राष्ट्रिय 1St class रेफ्री समेत हुन् । ०५४ सालबाट तेक्वान्दो खेलको सुरुवात गरेका उनलले ०५९ सालमा ब्लाक बेल्ट लिए भने अहिले तेक्वान्दो प्रशिक्षकको रुपमा धादिङबेसीमा काम गर्दै आई रहेका छन् ।

नेपाली सेना र अन्यलाई गरि १२० जना भन्दा बढीलाई ब्लाक बेल्ट दिलाई सकेका अमृत तामाङले धादिङबेसी स्थित एड्भान्स एकेडेमी र धादिङ बोर्डिङमा प्रमुख प्रशिक्षकको भुमिका निभाई रहेका छन् ।

तेक्वान्दोका 4Th Dan अमृत तामाङ सहभागि हुने उक्त festival रसियाको Ulyanovsk(ULV) शहरमा हुने छ ।