नलाङमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
भदौ २२, २०७६

शंकर सिलवाल
धादिङ भाद्र २२ ।
अन्तराष्ट्रिय साक्षरता दिवसको पावन अवसरमा धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङ मोडेल एकेडेमीमा छात्रा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

शिक्षा, खेलकुदको माध्यमवाट छात्राहरुलाई सक्षम बनाउदै लैजाने अभिप्रायले नलाङ मोडेल एकेडेमी र चक्रदेवी सामुदायिक समाजले भाद्र २१ र २२ गते मैत्रिपुर्ण छात्रा भलिवल खेल प्रतियोगिता गरेको थियो ।

उक्त प्रतियोगितामा कालिका विद्यालय खाल्टे, प्रथम, नलाङ मोडेल एकेडेमी द्वितिय र ब्राईट फ्युचर ईन्लिस स्कूल बेनिघाट मलेखुले तृतिय भए ।

नलाङ मोडेल एकेडेमी र ब्राईट फ्युचर ईन्लिस स्कूल बिचको प्रतिसपर्धा अतिनै रोचक र प्रतिस्पर्धात्मक थियो ।प्रतियोगिताले ग्रामिण स्तरमा रहेका छात्राहरु बीच समन्वय, सहकार्यको भावना विकसित हुदै गएको क्षेत्रिय भलिवल रेफ्री सोम श्रेष्ठले बताए ।

प्रथम, द्वितिय र तृतिय स्थान हासि छात्रा खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र शिल्ड, र क्रमश नगद रु.५०००, रु.३००० र रु.२००० का दरले सम्मान गरिएको आयोजक विद्यालयका साजन सिलवालले जानकारी दिए ।

कालिका विद्यालय खाल्टेकी छात्रा आकृति बरामलाई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चयन गरिएको थियो । आगामी दिनहरुमा पनि यस्तै प्रतियोगिताहरु संचालन गरि आपसि सहकार्य गर्दै शिक्षा खेलकुद र स्वास्थ्यमा योगदान गर्ने खेल कार्यक्रमका संयोजक पुरुषेत्तम दाहालले बताए ।