गजुरीमा सुविधा युक्त होटल संचालनमा

Avatar photo
Dhadingpost
भदौ २२, २०७६

धादिङ भाद्र २२ । धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले गजुरी बजारमा सुविधा सम्पन्न होटल संचालनमा ल्याएका छन् ।

उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज कणिकारले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरे सँगै महासचिव डल्लाकोटीको महाशक्ती होटल गजुरीमा संचालनमा आएको हो ।

सुविधा सम्पन्न भन्न स्वीमिङपुल छैन तर राम्रो लज सुजिधा भएको राम्रो होटलको खोजी गर्नेहरुका लागि महालक्ष्मी होटल एक हुन सक्ने संचालक डल्लाकोटीले धादिङपोष्टलाई बताए ।

स्वादिष्ट भोजन र आरामदायी बेड, पार्टी/सेमिनारको लागि हल, उच्च गुणस्तरको इन्टरनेट महाशक्ती होटलको आकर्षण रहेको समेत महासचिव डल्लाकोटीले बताए ।