
धादिङ भाद्र २२ । निजी विद्यालयहरुको संस्था प्याब्सन तथा नेशनल प्याब्सन संयोजन समिती (पान्को) धादिङले अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
प्याब्सन र नेशनल प्याब्सन समान उद्धेश्य बोकेको संस्था भएर पनि समानान्तर संस्थाको रुपमा देखिए पछि नेपाल मै पहिलो पटक धादिङमा यी दुई संस्थाले पान्को घोषणा गरि विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
यसैको निरन्तरतामा आज अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस मनाउँदै पान्को धादिङले अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा चिल्ड्रेनपार्क आवासिय मावि प्रथम, एड्भान्स एकेडेमी दितिय, न्यू धादिङ बोर्डिङ स्कुल तृतिय र धादिङ बोर्डिङ स्कुल, रोजमेरी स्कुल, सुनगाभा एकेडेमी, न्यू किबो बोर्डिङ सान्तोना भएका थिए ।

पान्को धादिङका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आशमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राजकुमार वैदवार, जिल्ला शिक्षा समन्वय इकाई कार्यलय प्रमुख अम्बिका आचार्य, नीलकण्ठ नगरपालिका ४ का अध्यक्ष शिवराज गिरी, प्याब्सन केन्द्रका उपाध्यक्ष शान्त विक्रम मल्ल, प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।
यस अघिका समाचार
पान्काे डान्स प्रतियाेगिताको उपाधि एड्भान्स एकेडेमीलाई
पान्कोको हाजिरी जवाफमा न्यु धादिङ बोर्डिङ प्रथम

