
धादिङ भाद्र २२ । धादिङ गल्छी गाउँपालिकाले द राइजिङ भिलेज स्कुललाई नगद १० हजार सहित सम्मान गरेको छ । पुरस्कार विद्यालयका प्रिन्सिपल नवराज ओझाले ग्रहण गरेका थिए ।
गाउँपालिका स्तरिय कक्षा ८ को परिक्षामा पाँच वटा विषयमा उकृष्ट बने सँगै गल्छी गाउँपालिकाले आज अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा द राइजिङ भिलेज स्कुललाई नगद सहित सम्मान गरेको हो ।
गाउँपालिकाले कक्षा ८ को परिक्षामा उत्कृष्ट ३.९६ जिपिए ल्याउने द राईजिङ भिलेज विद्यार्थी मोहन खड्का, पालिका भरिमा उत्कृष्ट पाँच द राइजिङ भिलेजका शिक्षकहरु अंग्रेजी विषयका शिक्षक, गणित, सामाजिक, विज्ञान, र जनसंख्या विषयका शिक्षकहरु क्रमश उमेश गर्तौला, तोयाराज पौडेल, लक्ष्मण न्यौपाने, रामचन्द्र भण्डारी र लक्ष्मण न्यौपानेलाई नगद र सम्मान पत्रले सम्मानित गरेको थियो ।
पालिकाले नेपाली विषय तर्फ सक्सेज एकेडेमीबाट सविना अधिकारीलाई नगद सहित सम्मान गरेको थियो । (धादिङ पोष्टको लागि फोटो सौजन्य नवराज ओझा)
