हामी संसारको विकसित मुलुक नेपाल बनाउँदै छौं -अधिकारी

Avatar photo
Dhadingpost
भदौ २२, २०७६

धादिङ भाद्र २२ । धादिङका प्रदेश सभा सदस्य डा. रामकुमार अधिारीले आफुहरु संसारको विकसित मुलुक नेपाल बनाउने अभियानमा लागेको बताएका छन् ।

आफु प्रमाणमा विश्वस गर्ने र प्रमाणका आधार मै बोल्ने गरेको बताउँदै सरकार संसारकै विकसित मुलुक नेपाल निमार्ण गर्ने अभियानमा रहेकोले रहेको उनले दावी गरे ।

प्रदेश सदस्य अधिकारीले विगतका सरकार संचालकहरुले फुर्ति नलगान आग्रह गर्दै अहिलेको दुहि तिहाई कम्युनिष्ट सरकार विभिन्न २ सय ३१ सुचाङ्कको आधारमा नेपाललाई संसारको विकसीत मुलुक बनाउने अभियानमा रहेको बताए पनि ति सुचांकहरु भने प्रष्ट पारेनन् ।

शनिबार धादिङबेसीमा आयोजित ग्रामिण यातायातको वार्षिक साधारण सभामा विशेष अतिथि रहेका प्रदेश सदस्य अधिकारीले अब ग्यास र तेलबाट चल्ने सवारी साधनहरुको विकल्पमा विद्युतीय गाडी आईसकेकोले व्यवसायीहरुले यसतर्फ ध्यान दिनु पर्ने बताएका थिए ।