धादिङ अस्पताल सुदृढ गर्न १ करोड २५ लाख विनियोजन

Avatar photo
Dhadingpost
भदौ २२, २०७६

धादिङ भाद्र २२ । धादिङबेसी स्थित जिल्ला अस्पताल सुधार गर्न प्रदेश सरकारले १ करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

जिल्ला अस्पतला धादिङमा पटक-पटक आएका सामाजिक विकास मन्त्री युवराज दुलाले अस्पताल सुधारको लागि यस वर्ष १ करोड २५ लाख विनियोजन गरिएको बताए ।

उक्त विनियोजित रकमबाट जिल्ला अस्पतालहरुले आवश्यक औजार–उपकरण खरिद तथा अन्य पूर्वाधार निर्माण, फोहोरमैला व्यावस्थापन तथा संक्रमण रोकथाम कार्यक्रम, भौतिक संरचना उपकरण औजार मर्मत लगायतका कार्य गर्न सक्ने मन्त्री दुलाले बताए ।