
शंकर सिलवाल
धादिङ भाद्र २१ । यस चक्रदेवी सामुदायिक समाज नेपालले सिद्धलेक–२ (नलाङ ) मा महिलाहरुको लागि दुई दिने आत्मरक्षा तालिम सम्पन्न गरेको छ ।
यस चक्रदेवी सामुदायिक समाज नेपालको समन्वयमा र महिला सशक्तीकरण नेपालको प्राबिधिक सहयोगमा नलाङ मोडेल एकेडमीमा २ दिने उक्त आत्मरक्षा तालिम संचालन भएको हो ।
विध्यालयका छात्रा एवम् समुदायका महिलाहरु गरि २ समुहमा विभाजन गरि तालिम दिईएको थियो ।
आत्मरक्षा तालिममा महिलाहरुलाई जस्तो सुकै परिस्थितिमा पनि कसरी आफुलाइ सुरक्षित राख्ने, अमानविय व्यवहार, जवर्जस्ती, वा अपहरण र बलात्कार कुनै पनि दुर्ब्यबहारमा आफुलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे तालिम सन्चालन गरिएको नलाङ मोडेल एकेडेमीका प्रीन्सिपल बलराम सिलवालले बताए ।

