ग्यास सिलिन्डर पड्केर चार घर क्षेति

Avatar photo
Dhadingpost
भदौ २०, २०७६

धादिङ भाद्र २० । धादिङको निलकण्ठ नगरपालिका १३ मा ग्यासकाे सिलिन्डर पड्कदा ४ वटा घरमा क्षति पुगेकाे छ ।

२०७२ सालकाे भुकम्पबाट प्रभावित भइ साविककाे रि गा.वि.स. र लापा गा.वि.स. बाट बसाइ सरी निलकण्ठ न.पा. १३ भद्रगाउँमा बसाेबास गर्दै आइका च्वाङवा तामाङकाे घरमा शुक्रबार बिहान ग्यास सिलिन्डर पड्कदा ४ वटा घरमा क्षेति पुर्याएकाे हाे ।

सिलिण्डर विष्फाेट हुँदा च्वाङ्वाकाे घर सहित दमै तामाङ,वाङ लामा र अराम माया तामाङ सहित ४ जनाकाे घर पुरै क्षति भएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

पिडित परिवारलाई आजै नेपाल रेडक्रस साेसाइटी धादिङ जिल्ला शाखा,हिम्स नेपाल धादिङ र यू.एम.एम. नेपाल धादिङले खाध्यन्न तथा खाध्य सामाग्री वितरण गरेका छन् ।