
काठमाडौं भाद्र १९ । टानकाे गतिशलता र सुरक्षित पर्यटन व्यवसायका लागि खुम सुवेदीकाे प्यानलले जित्नु पर्ने भरत सापकाेटाले बताएका छन् ।
खुम सुवेदी समुहकाे प्यानलबाट दितिय उपाध्यक्षमा उम्मेदवारी दिएका सापकोटाले टिम्स तथा टान कार्यालय व्यवस्थापनको लागि सफ्टवेर डेभलपमेन्टमा आफ्नाे विशेष जाेड हुने बताए ।
पुराना रुटहरुको प्रवद्र्धन र नयाँ रुटको खोजी गर्दै नेपाली पर्वतिय पर्यटनलाई नयाँ उचाइमा लैजान खुम सुवेदीकाे प्यानललाई भाेट दिन समेत आग्रह गरेका थिए ।
हामी टानकाे गरिमालाई बढावा दिन्छौं, विदेशी पर्यटकहरुकाे लागि सुरक्षित गन्तव्य विकसित गर्न पनि सुवेदी प्यानलले जित्नु पर्ने बुधवार साँझ ठमेलमा भेला भएकाेे भेलामा सापकाेटाले बताएका हुन् ।
पर्यटन क्षेत्रमा अव्यवस्थित रुपमा लगाइएको करको व्यवस्थापन गरी साना तथा मझ्यौला पर्यटन व्यवसायीको बिकास तथा प्रवर्धनका लागि खुम सुबेदी समुहलाई मतदान गर्न आग्रह गरेका उनले सहयोगी, गाइड अनिवार्य गरी पर्यटन व्यवसायमा थप उर्जा प्रधान गर्न खुम सुबेदी समुह प्रतिवद्ध रहेकाे बताएका थिए ।

