टानमा धादिङका भरत सापकोटाको उम्मेद्वारी

Avatar photo
Dhadingpost
भदौ १७, २०७६

धादिङ भाद्र १७ । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने नर्वाचनमा खुमबहादुर सुवेदी समुहबाट धादिङका भरत सापकोटाले द्धितिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

युवा पुस्तामाझ निकै लोकप्रिय सापकोटा लायन्स क्लव अफ नेपाल एभरेस्टका पूर्व अध्यक्ष समेत हुन । उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन ।

सन् २००१ मा पर्यटनमा प्रवेश गरेका नेत्रावती, टोड्के, धादिङ निवासी सापकोटा हेल्पिङ ह्यान्डस् फाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुन । पर्यटन सेवा संघमा सदस्य र कोषाध्यक्षको अनुभव हाँसिल गरिसकेका उनी ब्रेकफ्री एडभेन्चर्स् र हिमालयन लक्जुरी होलिडेजका प्रबन्ध निर्देशक हुन ।

व्यवसायीक जीवनकै सिलसिलामा संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, जर्मनी, फ्रान्स, रसिया, भुटानसहित दुई दर्जन देशको भ्रमण गरी अन्तर्राष्ट्रिय पर्यटनलाई समेत गहिरो गरी बुझेका उनी टिम्स तथा टान कार्यालय व्यवस्थापनको लागि सफ्टवेर डेभलपमेन्टमा जोड दिनु हुन्छ । पुराना रुटहरुको प्रवद्र्धन र नयाँ रुटको खोजी गर्दै नेपाली पर्वतिय पर्यटनलाई नयाँ उचाइमा लैजाने उनको एजेण्डा छ ।