टानमा दुई समुह (यी हुन् धादिङका उम्मेदवार)

Avatar photo
Dhadingpost
भदौ १७, २०७६

धादिङ भाद्र १७ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को भाद्र २० गते हुने निर्वाचनमा दुई समुह बीच कडा प्रतिपर्धा हुने देखिएको छ ।

टानको ४१ औ साधारण सभा तथा निर्वाचनमा खुमबहादुर सुवेदी समुह र अन्जन थापा (कुमार) समुह बीच कडा प्रतिस्पर्धा हुने संकेत देखा परेको हो ।

यी दुबै अध्यक्षका उम्मेदवार सहित धादिङका १० जनाले टानको यस अधिवेशसनका लागि उम्मेदवारी दिएका छन् ।

यी हुन् धादिङको प्रतिनिधित्व गर्ने उम्मेदवारहरु

खुमबहादुर सुवेदी समुहको उम्मेदवार
अध्यक्ष– खुमबहादुर सुवेदी ज्वालामुखी गाउँपालिका
द्वितिय उपाध्यक्ष–भरत सापकोटा नेत्रावती डब्जोङ गाउँपालिका
सह–कोषाध्यक्ष सूर्यकुमार श्रेष्ठ नीलकण्ठ नगरपालिका
सदस्यमा
ख‍ोमराज अधिकारी धुवाँकोट
सिम्बिर घले रुबीभ्याली

अन्जन थापा (कुमार) समुहको उम्मेदवार
अध्यक्ष अन्जन थापा (कुमार)
वरिष्ठ उपाध्यक्ष ऋषि नेपाल
कोषाध्यक्ष टेक खकुराल
सदस्य श्रीराम अधिकारी
सदस्य ठाकुर सापकोटा
सदस्य सुनिल सिलवाल