टानमा रुबी भ्यालीका एक्ला उम्मेदवार सिम्बिर घले

Avatar photo
Dhadingpost
भदौ १६, २०७६

धादिङ भाद्र १६ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को आगामी नेतृत्व चयनका लागि भाद्र २० गते हुने निर्वाचनमा धादिङको पर्यटन नगरी रुबीभ्यालीबाट एक्ला उमेदवार सिम्बिर घले रहेका छन् ।

धादिङ ज्वालामुखि गाउँपालिकाका खुम सुवेदीको प्यालनबाट सदस्य पदका लागि उम्मेदवारी दिएका सिम्बिर घलेले धादिङको रुबीभ्याली र नुवाकोटको फिकुरीररसुवाको साङ्जेन ट्रेकिङ ट्रेल बिस्तार एवं पहिचान गर्नको निमित्त विशेष पहल र योजना सहित आगामी टानको निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन् ।

आफु धादिङको भएकोले यो मुख्य काम हो साथमा मुलुकको सिङ्गो पर्यटन क्षेत्रमा आफ्नो अनुभवको पुर्ण सदुपयोग गर्दै पर्यटन क्षेत्रलाई उकास्न उकास्न आफुले उम्मेदवारी दिएको धादिङपोष्टलाई बताए । रुबीभ्याली नचिन्ने देशभर कोहि ट्रेकिङ व्यवसायी हुनुहुन्न । आफुले भोट पाउनेमा ढुक्क रहेको समेत घलेले बताए ।

समाजवादी पार्टी निकट ट्रेकिङ व्यवसायीको समर्थन खुम सुवेदीको प्यानललाई
टान निर्वाचनमा धादिङबाट अध्यक्ष सहित ५ जनाले उम्मेदवारी दिने
टानको चुनाव नजिकियो