
धादिङ भाद्र १६ । नेपालका चर्चित संचारकर्मी रवि लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता भएको अदालतको मानहानी मुद्दा खारेज भएको छ ।
निर्मला पन्त प्रकरणको प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको भन्दै टेलिभिजन कार्यक्रमबाट अदालतको मान हानि गरेको भन्दै दर्ता गरिएको मुद्दालाई जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको हो ।
अदालतमा विचारधीन मुद्दाबारे सार्वजनिक रुपमा बोल्न नमिल्ने अवस्थामा रवि र अंगुरले टेलिभिजन कार्यक्रममार्फत् आफ्ना भाइ दिलिपसिंहलाई अभियुक्त ठहर गरेको भन्दै दाजु खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए।

