यमनमा हवाई हमला, ५० बन्दीहरु मारिए

Avatar photo
Dhadingpost
भदौ १५, २०७६

एजेन्सी भाद्र १५ । यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा ५० जना युद्धबन्दी मारिएका छन् ।

साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा सात पटक हवाई कारबाही गर्दा ५० जना मारिएका बताइृएको छ ।

सरकार पक्षबाट युद्ध लडिसकेका झण्डै १७० जना सैनिकहरु केही महिनादेखि उक्त अस्थायी कारागारमा बन्दी बनाएर राखिएको थियो ।

साउदीले हुथीले लुकाएर राखेका हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली र ड्रोन भण्डारण केन्द्रहरुमा आक्रमण गरेको बताएको छ ।