धौखोलामा जीप दुर्घटना १३ जना घाईते (नाम समेत)

Avatar photo
Dhadingpost
भदौ १५, २०७६

धादिङ भाद्र १५ । धादिङको ज्वालामुखि गाउँपालिका स्थित धौखोलामा बोलेरो जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् ।

आईतबार बिहान साढे ९ बजे खरीबाट धादिङबेसी आउँदै गरेको बा १ ज ५४३१ बोलेरो जिप अनियन्त्रित भई करिब ४ मिटर तल खेतमा पल्टिदा १३ जना घाईते भएका छन् ।

घाईते ४ जना यात्रु सामान्य उपचार पश्चात् घर फर्कको र बाँकी ९ जना घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचारको भई रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

उपचारत घाईतेको विवरण
१ ज्वालामुखि गाउँपालिका वडा न ५ बस्ने बर्ष ६५ कि काली गुरुङ टाउको मा चोट लागेको
२ ज्वालामुखि गाउँपालिका वडा न ५ बस्ने वर्ष ५० कि देव कुमारी थापा मगर
३ ज्वालामुखि गाउँपालिका वडा न ५ बस्ने वर्ष ३१ को राम कृष्ण दुवाडी
४ ज्वालामुखि गाउँपालिका वडा न ५ बस्नेवर्ष २२ धन बहादुर दुवाडी
५ ज्वालामुखि गाउँपालिका वडा न ५ बस्ने वर्ष १७ कि रसिता रोका
६ ज्वालामुखि गाउँपालिका वडा न ५ बस्ने २३ सोम ब मगराती
७ ज्वालामुखि गाउँपालिका वडा न ५ बस्ने १२ रमेश रोका
८ ज्वालामुखि गाउँपालिका वडा न ५ बस्ने वर्ष १० कि पार्वति नेपाली
९ ज्वालामुखि गाउँपालिका वडा न ५ बस्ने वर्ष १३ कि सृजना नेपाली

फोटोः सविना रेग्मी