
धादिङ भाद्र १५ । समाजवादी पार्टी, ज्यामरुङ–काठमाडौ सम्पर्क समिति गठन गर्न भिमसेन ढकालको संयोजकत्वमा ७ सदस्यीय भेला आयोजक समिति गठन भएको छ ।
एक साता अघि अनिल अधिकारी अध्यक्ष रहने गरि धादिङ-काठमाडौ सम्पर्क सम्यन्त्र गठन गरेको समाजवादी पार्टी नेपालले पछिल्लो समय ढकालको संयोजकत्वमा ज्यामरुङ–काठमाडौ सम्पर्क समिति गठन गर्न ७ सदस्यीय भेला आयोजक समिति गठन गरेको हो ।
पुर्व मन्त्री कल्पना धमला नेकपा पार्टी प्रवेस गरे सँगै समाजवादी पार्टी नेपाल धादिङले सहायक संगठन गठनलाई प्राथमिकता दिएको देखिन्छ ।
ज्यामरुङ–काठमाडौ सम्पर्क समिति गठन गर्न बनेको समितिको सह संयोजकमा लोचन गुरुङ, सदस्यहरुमा रामहरि अधिकारी, बलराम कडरिया, पशुपति ढकाल, शिखर रिजाल र मधु तिमल्सिना रहेका छन् ।
