फाइनलमा नेपाल र भारत आज ३ः१५ बजे खेल्दै

Avatar photo
Dhadingpost
भदौ १४, २०७६

धादिङ भाद्र १४ । साफ यु–१५ च्याम्पियनसिपको फाइनल खेल नेपाल र भारत बीच आज ३ः१५ बजे हुने छ ।

फाइनल प्रवेश गर्दासम्म शानदार लयमा देखिएको भारत उपाधिको बलियो प्रत्याशि होतर फाइनल खेलको पूर्वसन्ध्यामा भारतीय प्रशिक्षक बिबियानो फर्नान्डेस नेपाललाई फाइनलमा हलुका रुपमा लिन चाहन्नन् । नेपालले पनि भुटानलाई ६ गोलले हराउँदै फाईनल यात्रा गरेको थियो ।

उमेर समूहमा नेपालले भारतलाई कडा चुनौति मात्र होइन उपाधि नै जित्न पराजित गरेको इतिहास पनि छ । ४ वर्षअघि पहिलो पटक आयोजना भएको साफ १९ च्याम्पियनसिपमा नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगिताको सुरुवात नेपालले भारतसँग ५–० को हार बेहोरेको थियो । निराशाजनक सुरुवातका वावजुद नेपाली टोली अर्को खेलमा सम्हालियो । र अन्नत पुनः फाईनलमा भारत सँगै खेल्न आईपुगेको छ । Photo Courtesy: FIFA