
धादिङ भाद्र १४ । तामाङ संचार समुह धादिङको अध्यक्षमा पुन बिमल तामाङ चयन भएका छन् ।
धादिङमा रहेर पत्रकारिता गरि रहेका तामाङ पत्रकारहरुले विगत ५ वर्ष अघि गठन भएको यस समुहको शनिबार विस्तारित भेलाले अध्यक्षमा पुन: बिमल तामाङलाई चयन गरेको हो ।
समुहको महिला उपध्यक्षमा मेलिना तामाङ, उपाध्यक्ष सन्दिप तामाङ, सचिवमा सम्झना तामाङ, सह सचिवमा निरबहादुर तामाङ र कोषाध्यक्षमा उपासना तामाङ चयन भए । सदस्यहरुमा सन्त तामाङ, सुसन तामाङ, सविना तामाङ, विपना तामाङ, सम्झाना स्याङताङ तामाङ, राजु तामाङ, माइकल तामाङ, मनिष तामाङ, विनुसा तामाङ चयन भए ।
विस्तारित भेला राष्ट्रिय फोटो पत्रकार समुह ३ नम्बर प्रदेशका अध्यक्ष नारायण सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

