धादिङमा पाँच विप्लव कार्यकर्ताद्वारा आत्म समर्पण

Avatar photo
Dhadingpost
भदौ १३, २०७६

धादिङ भाद्र १३ । धादिङ गल्छी गाउँपालिकाका पाँच जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यलयमा गई आत्म समर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यलयमा गई आत्म समर्पण गर्नेमा गल्छी गाउँपालिका ३ मुलाबारीका ५३ वर्षिय ध्रुवप्रसाद खनाल, ४२ वर्षिय श्याम बहादुर बयलकोटी, गल्छी ३ छाँगेटारका ३३ वर्षिय बिष्णु प्रसाद खतिवडा, २६ वर्षिय केशव राज खतिवडा र ३८ वर्षिय दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

गाउँमा विप्लव कार्यकर्ताहरु आउँथे, हामी पनि कहिले काहि उनीहरुको कार्यक्रम सुन्न गएका थियौं यहि आधारमा हामीलाई जानकारी नै नदिई गाउँ कमिटीमा राखे छन् ।

नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लवको पार्टी सँग कुनै पनि सम्बन्ध नराख्ने र स्वेच्छापुर्वक कानूनको पुर्ण पालना गरी सामान्य जिवन यापन गर्न प्रहरीकोमा अत्मसमर्पण गर्न आएको बताए ।

प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार उनीहरुको पार्टी हैसियत यस्तो थियो

१.जिल्ला धादिङ कल्लेरी हाल गल्छी गाउँपालिका ३ मुलाबारी बस्ने तिल प्रसाद खनालको छोरा वर्ष ५३ को ध्रुव प्रसाद खनाल (नेकपा बिप्लव समुह गल्छी गाउ कमिटी सदस्य)
२. ऐ.ऐ. बस्ने धन बहादुर नेपालीको छोरा वर्ष ४२ को श्याम बहादुर बयलकोटी (नेकपा बिप्लव समुह गल्छी गाउ कमिटी सदस्य)
३. ऐ.ऐ. बस्ने कल्लेरी हालको गल्छी गल्छी गाउँपालिका ३ छाँगेटार बस्ने लेखनाथ खतिवडाको छोरा वर्ष ३३ को बिष्णु प्रसाद खतिवडा (नेकपा बिप्लव समुह गल्छी गाउ कमिटी सदस्य)
४. ऐ.ऐ. बस्ने तुल प्रसाद खतिवडाको छोरा बर्ष २६ को केशव राज खतिवडा (नेकपा बिप्लव समुह गल्छी गाउ कमिटी सदस्य)
५. ऐ.ऐ. बस्ने तिर्थ बहादुर श्रेष्ठको छोरा बर्ष ३८ को दिपेन्द्र कुमार श्रेष्ठ(नेकपा बिप्लव समुह गल्छी गाउ कमिटी सदस्य)